नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ, डोल्पा
प्रमुख उद्देश्य
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा सीप विकास माध्यमबाट
कृषि प्राविधिक, अगुवा कृषक र अन्य सरोकारवालाहरुको ज्ञान, सीप र दक्षतामा अभिवृद्धि गरी कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा कृषि प्रविधि
हस्तान्तरणमा सहयोग पुर्याउने।
५. क्षेत्रगत उद्देश्य
१. लुम्बिनी प्रदेश सरकारले निर्धारण गरेको कृषि
विकास कार्यक्रमको समय सापेक्ष प्रविधि विस्तारका लागि सहयोग पुर्याउने एवं पुरक
हुने गरी सीप विकास तथा तालिम कार्यक्रम संचालन गर्ने।
२. लुम्बिनी प्रदेश र स्थानीय तहमा कार्यरत कृषि
प्राविधिकको विषयगत, बृत्ति विकास तथा कार्य
क्षमता अभिवृद्धि गर्न तालिम तथा सीप विकास कार्यक्रम संचालन गर्ने।
३. अगुवा कृषक तथा उद्यमीहरुको धारणा, ज्ञान र सीप
विकास गरी कृषि व्यवसाय प्रवर्द्धनमा गुणात्मक तथा परिमाणात्मक सुधार ल्याई
आयआर्जन बढाई जीवन स्तर उकास्ने ।
४. कृषि व्यवसाय पवर्द्धनका लागि आवश्यक पूर्वाधार
तथा श्रोत साधनको विकास तथा व्यवस्थापनमा सहयोग गर्ने ।
५. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघु उद्यमहरुलाई
बढावा दिई रोजगारी वृद्धि गर्ने।
६. कृषि व्यवसाय प्रवर्द्धन सम्वन्धी आधारभूत
जानकारी, सचेतना र प्रवर्द्धनात्मक क्रियाकलापहरुमा सरोकारवाला निकायहरुको समन्वय
र सहकार्यमा सहयोगी भूमिका खेल्ने |